आज पनि ओरालो लाग्यो शेयर कारोवार

काठमाडौँ,- धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.३३ विन्दुले घटेर एक हजार १३२.४० विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.३७ विन्दुले घटेर २४७.९८ मा पुगेको छ । कारोवार रकम आइतबारको तुलनामा बढेपनि कुनै उल्लेख्य प्रगति भने हुन सकेन । आइतबार कूल रु ११ करोडको मात्रै कारोवार भएको थियो । आज कूल १४५ कम्पनीको छ लाख आठ हजार ६०१ कित्ता शेयर रु १६ करोड ४३ लाख ४९ हजार ५३६ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज छ उपसमूहको शेयर उकालो लागेको छ भने पाँच उपसमूहको शेयर घटेर बन्द भएको छ । बैंङ्किङ १.८८, विकास बैंक ६.७, जलविद्युत् ५.११, वित्त २.३ र उत्पादन १६.४५ विन्दुले ओरालो लागे । यस्तै होटल २.७२, निर्जीवन बीमा ८.५९, अन्य १.७, लघुवित्त ०.६२, जीवन बीमा २२.५ र सामूहिक लगानी कोष ०.०३ विन्दुले बढेको छ ।

कारोवारका आधारमा आज पनि प्रभु बैंक नै शीर्ष स्थानमा छ । सो बैंकको रु एक करोड ८९ लाख ३७ हजार ३६७ मूल्य बराबरको शेयर कारोबार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु ७६ लाख १८ हजार ७७१, मेगा बैंक रु ७० लाख ४४ हजार ३२६, शिवम् सिमेन्ट रु ६५ लाख ५६ हजार २७५ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ६० लाख १७ हजार ३९७ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार घोडाघोडी लघुवित्त ४.८१, प्राइम लाइफ इन्स्योरेन्स ४.१८, आशा लघुवित्त वित्तीय संस्था ३.१३, मितेरी डेभलपमेन्ट बैंक २.८६ र बरुण हाइड्रोपावरका लगानीकर्ताले २.३० प्रतिशतले कमाए । त्यस्तै एभरेष्ट बैंक ९.२८, राधी विद्युत् कम्पनी ५.५५, कर्णाली डेभलपमेन्ट बैंक ३.८०, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.६२ र वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ३.२२ प्रतिशतले गुमाए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

उपेन्द्र यादवसँग उपमहासचिव डा नतालिया कनेमको भेटवार्ता

स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे बाइस प्रतिशत नगद लाभांश दिने