साढे तीन लाख बराबरको अवैध सामान बरामद

विराटनगर – विराटनगर महानगरपालिका–१० स्थित तीनटोलियाबाट भन्सार चोरी तस्करी गरी ल्याइएको रु तीन लाख ५० हजार मूल्य बराबरको सामग्री प्रहरीले आज बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार खिउजले दिएको जानकारीअनुसार वडा नं १० स्थित तीनटोलीयामा भारतबाट ल्याइएको तयारी कपडा तथा धाराका सामान बेवारिसे अवस्थामा बरामद गरिएको हो ।उक्त सामानहरु आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालय पठाइने प्रहरीले जनाएको छ ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा विभिन्न जातजाति तथा संस्कृति झल्कने सांस्कृतिक झाँकी प्रदर्शन

आज कोजाग्रत पूर्णिमा, रातभर जाग्राम बसेर दसैँको समापन गरिँदै