पुलमा मोटरसाइकल ठोक्किँदा मदनको ज्यान गयो

लम्की – कैलालीको लम्की चुहा–३ चिसापानी नजिकैको ढुङ्गेबजारको पुलमा मोटरसाइकल ठोक्किँदा टीकापुर नगरपालिका–१ का २१ वर्षीय मदन शाहीको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलमा सवारी टीकापुरकै अभिषेकचन्द्र सोडारीको टाउकोमा गम्भीर चोट लागेको छ ।

शनिबार दिउँसो १ः३० बजे टीकापुरबाट चिसापानी जाँदै गरेको से७प १४९६ नंको मोटरसाइकल अनियन्त्रित भएर पुलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका सोडारीलाई थप उपचारका लागि कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

खर काट्ने क्रममा भिरबाट लडेर महिलाको ज्यान गयो

चीनका राष्ट्रपति सी चीनफिङलाई यसरी गरियो स्वागत