खर काट्ने क्रममा भिरबाट लडेर महिलाको ज्यान गयो

बैतडी – खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा शनिबार एक महिलाको ज्यान गएको छ । सुर्नया गाउँपालिका–४ का राजेन्द्र महराकी २२ वर्षीया श्रीमती रमा महराको मृत्यु भएको हो ।

आज दिउँसो साढे १ बजे स्थानीय जैसिया भिरमा खर काटिरहेको बेला महिला भिरबाट लडेकी स्थानीय रणबहादुर महराले जानकारी दिनुभयो । भिरबाट लडेर करीब ३०० मिटर तल खसेकी महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक महिलाका एक छोरा र श्रीमान रहेका छन् । श्रीमान् रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । यसअघि असोज २२ गते पनि खर काट्ने क्रममा भिरबाट लडेर सुर्नया गाउँपालिका–५ की ४८ वर्षीया राजमती विष्टको पनि मृत्यु भएको थियो ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

चन्द समूहका जिल्ला सदस्य प्रहरी नियन्त्रणमा

पुलमा मोटरसाइकल ठोक्किँदा मदनको ज्यान गयो