चन्द समूहका जिल्ला सदस्य प्रहरी नियन्त्रणमा

बझाङ – जिल्ला प्रहरी कार्यालय बझाङले नेत्र विक्रम चन्द समूहका जिल्ला सदस्य देवराज अवस्थीलाई पक्राउ गरेको छ । वित्थडचिर गाउँपालिका–९ सुनकुडा घर भएका ४० वर्षीय अवस्थीलाई चन्दा सङ्कलन गरिरहेको अवस्थामा प्रहरी चौकी स्याडीबाट खटिएको टोलीले असोज २४ गते पक्राउ गरेको हो ।

उनीहरुबाट नगद रसिद ठेलीसहित नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वरीदत्त पाण्डेले बताउनुभयो । अवस्थी अहिले प्रहरी हिरासतमा छन् । उहाँले स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा विद्यालयका शिक्षकसँग समेत चन्दा माग्ने र नदिए धम्क्याउनेलगायतका काम गर्दै आएको जनप्रतिनिधिहरु बताउँछन् ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

गाडीको ढोकाबाट एक्कासि खसेर एकको ज्यानगयो, दुई चालक प्रहरी नियन्त्रणमा

खर काट्ने क्रममा भिरबाट लडेर महिलाको ज्यान गयो