ओ एस नेपाल तेस्रो म्युजिक अवार्डको नोमिनेसनमा सुरेन्द्र महर्जन’अमर’को ‘अर्पण’ एल्बम सार्वजनिक

काठमाडौं । ओएसनेपाल मिडिया प्रा. लि. को आयोजनामा नेपाली गीतको उच्च सम्मानको नारा बोकेर हरेक बर्ष आयोजना हुँदै आई रहेको ‘ओएसनेपाल म्युजिक अवार्ड२०७६’ को तेस्रो संस्करणको नोमिनेसन विवेक कार्कीको सभापतित्वमा सम्पन्न भएको छ । उत्कृष्ट पाँचको प्रमाणपत्र बितरण तथा ओएसनेपालको प्रस्तुति कवि, गीतकार, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जनूअमरू को रचनामा रहेको गीतिएल्बम ‘अर्पण’ को उक्त समारोहबीच मधेसी आयोगका अध्यक्ष प्रमुख अथिती माननीय डा। विजयकुमार दत्तबाट सार्वजनिक भएको छ । कार्यक्रममा अथितिको रुपमा ज्योतिष सिवराज रेग्मी ,रोषन मर्हजन, गणेश शाही,अर्जुन के.सी, अमृतमान मर्हजन आदिको उपस्थित रहेको थियो ।

साहित्यकार सुरेन्द्र महर्जनूअमरू को रचनामा रहेको गीतिएल्बम ‘अर्पण’ भित्र मेलिना राई, योजना पुरी, यज्ञ राई, इन्दु कुँवर, जितेन्द्र खाती र राम अवाले आदिको स्वर रहेको छ भने उक्त एल्बमभित्र रहेका सम्पूर्ण गीतहरूको संगीत एवं एरेन्जर संगीतकार राम कार्कीको रहेको छ ।

उक्त कार्यक्रम लाई शिशिर भण्डारी, चिरञ्जीवी सापकोटा, योजना पुरी र कमल सरगमले संचालन गरेका थिए । कार्यक्रममा ५८ विद्यामा उत्कृष्ट रहेको गीतहरूका गायक, गायिका, कलाकार, निर्देशक, एजेन्जर, संगीतकारआदि सबैलाई उत्कृष्ट पाँचको प्रमाणपत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

मारिस्का पोखरेल र निराजन प्रधान एक अर्कामा मन साट्दै

दशैँको अवसर पारेर आनंद कार्कीको ‘सरर सरर सरर हो’ बोलको गीत सार्वजनिक