सिरियल ‘मेरे आगने मे’ की नायिका चारुको हनिमुन नसकिदै पतिसँग खटपट

एजेन्सी । भारतीय चर्चित सुन्दरी नायिका सुष्मिता सेनपछिल्लो समय आफ्ना कारण भन्दा पनि पारिवारिक चहल पहल र लफडाका कारण मिडियामा छाइरहेकी छिन् । सुस्मिताका भाइ राजीव सेन र बुहारी चारु असोपाको विबाहको समयमा पनि सुस्मिता मिडियामा खुबै छाएकी थिइन् । अहिले आएर उक्त जोडीले हनिमुन समाप्त गरेर घर फर्किएको समयमा पनि फेरी सुस्मिता मिडियामा हेड लाइन बनिरहेकी छिन् ।

सुस्मिताका भाइ राजीव सेन र बुहारी चारु असोपाको हनिमुन सकिए लगत्तै यो जोडिबिच खटपट सुरु भएको समाचारहरु भारतीय मिडियामा छाइरहेका छन् । सुष्मिताकी बुहारीले कविता शैलीमा आफू र श्रीमानको सम्बन्धबारे लेखेकी छिन्, ‘चुप हुँदा जिन्दगी उत्कृष्ट तरिकाले बितिरहेको थियो, जब मौनता बोल्न थाल्यो तब बबाल भयो ।’ जुन स्टाटसले यि दुईको पछिल्लो अवस्था सुमधुर नभएको भन्ने स्पष्ट हुन्छ ।

अझ दुवैले एक अर्काको प्रोफाइलबाट विबाहको तस्विर हटाउँदै सिंगल बनाउनुले अझ प्रस्ट हुन्छ की यो जोडीबिच विबाहको डेढ महिनामा नै खटपट सुरु भइसकेको कुरा । सुष्मिताका भाइ राजीवले डेढ महिनाअघि मात्रै टिभीकी नायिका चारु असोपासँग विवाह गरेका थिए । त्यसपछि यी दुई हनिमुनमा गएर फर्किए लगत्तै यि दुई अहिले नकारात्मक समाचारका कारण मिडियामा हेडलाइन बनिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

गाईजात्राको अवसरमा गाईजात्रा निकाली शहर परिक्रमा गराउदै

सुनको मूल्य ११ वर्षमा ३ हजार प्रतिशतले बढ्यो