छमछ्मी नाच्न मिल्ने तीजको गीत सार्वजनिक

काठमाडौं । कहिले दशैं कहिले तिहार त कहिले तिज साँच्चिकै नेपालीहरूको चाडपर्व पनि धेरै हामी नेपाली भाग्यमानी नै हो जुन देशमा चाडपर्वको रौनक धेरै नै रहेको छ । यसै अवसरमा तिज गीत लिएर कवि, गीतकार, एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचना रहेको ‘छमछ्मी नाच्ने कमर भाँच्ने’ तिज गीत सार्वजनिक भएको छ ।

राम कार्कीको संगीत रहेको उक्त तिज गीतमा राम कार्की, सुरेश थापा, शान्ता कार्की र अनिता दंगालको स्वर रहेको छ । भिडियोको निर्देशन सुरेश थापाले गरेको हो भने अभिनयमा दर्शने भनी चिनिने हाँस्य कलाकार सुरेश थापा, शान्ता कार्की, अनिता दंगाल, किरण नेपाली, भुवन के पोखरेल र अस्मिता कार्की आदिको बेजोड प्रस्तुत रहेको छ । भिडियो इडिट एस के थापा र सिनेमाग्राफी नवराज खड्काको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

प्रदिप लामाले हात पारे सर्बोत्कृष्ट गायकको अवार्ड

गाईजात्राको अवसरमा गाईजात्रा निकाली शहर परिक्रमा गराउदै