काठमाडौँका बाग्मती, मनोहरा र हनुमन्ते नदीमा बाढीको चेतावनी, सुरक्षीत स्थानमा बस्न अपिल

काठमाडौँ । गएरातीदेखि काठमाडौँ उपत्यका लगायतका स्थानमा ठूलो वर्षा भएसँगै बाग्मती, विष्णुमती, नख्खु, हनुमन्ते, मनोहरालगायतका खोलामा पानीको बहाव बढ्दो क्रममा रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका मनोहरा, हनुमन्तेलगायतका खोलामा पानीको बहाव सतर्कता विन्दुको नजिकै पुगेको र बहाव बढ्ने क्रम अझै रहेको छ । जसका कारण सर्वसधारणलाई महाशाखाले शर्तक रहन समेत आग्रह गरेको छ ।

त्यस्तै जाजरकोट, सल्यान, रुकुमलगायत ठाउँमा पनि पानी परिरहेकाले यी क्षेत्रका नदीमा बिहान १० बजेसम्म नै आकस्मिक बाढी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ । उता सिन्धुली, धनुषा,काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र गोर्खामा पनि ठूलो पानी परिरहेको र पानी पर्ने क्रम बढ्न सक्ने महाशाखाले संकेत गरेको छ । त्यस्तै आज, भोलि र पर्सि देशभरका विभिन्न स्थानमा पानी पर्ने भएकाले बाढीपहिरो र चट्याङबाट जोगिन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

आज, भोलि र पर्सि यि स्थानमा भिषण वर्षा हुने, बाढीपहिरो र चट्याङबाट जोगिन गरियो अपिल

ओली सरकारसँग जनता करका कारण सबैभन्दा बढी डराए, जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई ठोके कर