खुशीको खबर : चिनियाँ स्टेशनमा नेपालकाे ‘मेची–महाकाली रेल’ !

काठमाडौं,  साउन २६ ।  चीनसँग रेलमार्ग जोड्ने बहस चलिरहँदा नेपाल सरकारको एउटा विज्ञापनमाथि चौतर्फी टिप्पणी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको रेलको तस्बिरलाई सामाजिक सञ्जालमा ठट्टाको विषय बनाइएको छ । चिनियाँ रेलस्टेशनमा राखिएको रेलमा नेपाली अक्षरमा ‘मेची–महाकाली मेल’ लेखिएको देखिन्छ । जुन चिनियाँ रेलस्टेशन भएको सामाजिक सञ्जाल प्रयोगकर्ताको टिप्पणी छ ।

यतिसम्म कि, सामाजिक सञ्जालमा उक्त तस्बिरलाई भाइरल नै बनाइएको छ । शनिबार बिबिसी नेपालीले यसबारे समाचार नै बनाएको हो । मन्त्रालयले असावधानीपूर्वक रेलमोहलाई आफ्नो वेबसाइटमा देखाएको बिबिसीले जनाएको छ । साथै सरकारको यस्तो अपरिपक्व तरिका भएको पनि टिप्पणी भएको छ ।

सामाजिक सञ्जालमा भने उक्त स्टेशनको नाम चिनियाँ भाषामै लेखिएको बताइएको छ । यद्यपि मन्त्रालयले उक्त तस्बिर कहिले वेबसाइटमा पोस्ट गरेको भन्ने बारे प्रष्ट खुलेको छैन । अन्नपूर्णपोष्टमा खबरमा छ । 

रोचक त के भने, शनिबार दिनभर सामाजिक सञ्जालमा मन्त्रालयको यस्तो तरिकालाई ठट्टाको विषय बनाइँदा साँझ ६ बजेसम्म पनि आफ्नो गल्ती मन्त्रालयले सच्याएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

बाहुबलीभन्दा खत्रा बनेर आयो प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’को ट्रेलर

मध्यरातमा दुई वडाका गाडी जलाएर बनाइयो ध्वस्त, कसले लगायो आगो ?