चालु आवमा एक हजार मेट्रिक टन मल वितरण

कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाले चालु आर्थिक वर्षमा एक हजार एक मेट्रिक टन मल वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ को जेठ मसान्तसम्म सो परिमाणको मल वितरण गरेको हो । कार्यालयले युरिया, डिएपी, पोटास र कृषि चुन मल वितरण गरेको शाखा प्रबन्धक दिनेश शर्माले जानकारी दिनुभयो । कार्यालयमा हाल ५२.५५ मेट्रिक टन पोटास मल मात्रै मौज्दात रहेको छ । युरिया, डिएपी र कृषि चुन मल अभाव रहेको शर्माले बताउनुभयो । चालु आर्थिक वर्षमा ६२४.४ मेट्रिक टन युरिया मल आएकामा सबै मल बिक्री वितरण भएको छ । ३२४.३५ मेट्रिक टन डिएपी र पाँच मेट्रिक टन कृषि चुन मल आएकामा त्यो पनि सबै बिक्री वितरण भएको शाखाले जनाएको छ । कार्यालयमा सुरुमा १४१.४ मेट्रिक टक युरिया रहेकामा पछि ४८३ मेट्रिक टन प्राप्त भएको थियो । त्यस्तै ११७.३५ मेट्रिक टन डिएपी रहेकामा पछि २०७ मेट्रिक टन प्राप्त भई सबै मल बिक्री वितरण भएको छ । धान रोपाइँ सुरु भइसक्दा युरिया, डिएपी मल अभाव हुँदा किसान मर्कामा परेका छन् ।

अधिकांश ठाउँका किसानले मलबिना नै रोपाइँ सुरु गरिसकेका छन् । कार्यालयले जिल्लाका दशवटै स्थानीय तहमा रहेका डिलरमार्फत् मल बिक्री वितरण गर्दै आएको छ । आँबुखैरेनीबाट ५०.५, घिरिङबाट १४.५०, देवघाटबाट ७.२५, भानुबाट २१५.४५, भिमादबाट २०.७५, म्याग्देबाट १५.७, बन्दीपुरबाट २४.५, व्यासबाट २१४.७५ र शुक्लागण्डकीबाट १२२.७७५ मेट्रिक टन मल बिक्री वितरण भएको छ । आँबुखैरेनीस्थित चार वटा डिलरबाट ४३.२५ मेट्रिक टन युरिया, पाँच मेट्रिक टन डिएपी र २.२५ मेट्रिक टन पोटास मल बिक्री वितरण गरिएको छ । घिरिङस्थित चार वटा डिलरबाट ११.२५ मेट्रिक टन युरिया, २.८५ मेट्रिक टन डिएपी र ०.४ मेट्रिक टन पोटास मल वितरण गरिएको छ । देवघाटस्थित तीन वटा डिलरबाट ७.२५ मेट्रिक टन युरिया मल बिक्री वितरण भएको । भानुस्थित १८ वटा डिलरबाट १४४.८ मेट्रिक टन युरिया, ६०.४ मेट्रिक टन डिएपी, ७.०५ मेट्रिक टन पोटास र ३.२ मेट्रिक टन कृषि चुन बिक्री वितरण गरिएको छ ।

भीमादस्थित चार वटा डिलरबाट १२.८५ मेट्रिक टन युरिया, ६.२५ मेट्रिक टन डिएपी, ७.०५ मेट्रिक टन पोटास मल वितरण गरिएको छ । म्याग्देस्थित तीन वटा डिलरबाट ९ मेट्रिक टन युरिया, ६ मेट्रिक टन डिएपी, ०.७ मेट्रिक टन पोटास, बन्दीपुरस्थित छ वटा डिलरबाट १३.२५ मेट्रिक टन युरिया, ९.२५ मेट्रिक टन डिएपी र २ मेट्रिक टन पोटास मल वितरण गरिएको छ । व्यासस्थित २० वटा डिलरबाट १३९.४५ मेट्रिक टन युरिया, ६३.२ मेट्रिक टन युरिया र १२.१ मेट्रिक टन पोटास मल वितरण गरिएको छ । शुक्लागण्डकीस्थित १२ वटा डिलरबाट ५३.२ मेट्रिक टन युरिया, ५६.४ मेट्रिक टन डिएपी, १३.१ मेट्रिक टन पोटास र ०.०७५ मेट्रिक टन कृषि चुन वितरण गरिएको छ । जिल्लाबाहिर पनि २५९.७७५ मेट्रिक टन वितरण कार्यालयले तनहुँका अतिरिक्त लमजुङमा पनि मल बिक्री वितरण गर्दै आएको छ । लमजुङका ११२ डिलरबाट २५९.७७५ मेट्रिक टन मल वितरण गरिएको कार्यालयले जनाएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिकाबाट सात वटा डिलरबाट ४३ मेट्रिक टन युरिया, १६.५ मेट्रिक टन डिएपी र २.७५ मेट्रिक टन पोटास मल बिक्री वितरण गरिएको छ । मस्र्याङ्दी गाउँपालिकास्थित दुई वटा डिलरबाट ३.५ मेट्रिक टन युरिया, ०.७५ मेट्रिक टन डिएपी, ०.५ मेट्रिक टन पोटास र ०.२५ मेट्रिक टन कृषि चुन वितरण गरिएको छ । राइनास नगरपालिकास्थित आठ वटा डिलरबाट ३८.२५ मेट्रिक टन युरिया, ६.५ मेट्रिक टन डिएपी, १.१ मेट्रिक टन पोटास, बेँसीशहर नगरपालिकास्थित छ वटा डिलरबाट ३३ मेट्रिक टन युरिया, २.८५ मेट्रिक टन डिएपी, २ मेट्रिक टन पोटास र ०.६२५ मेट्रिक टन कृषि चुन वितरण गरिएको छ । सुन्दरबजार नगरपालिकास्थित १२ वटा डिलरबाट ७२.३५ मेट्रिक टन युरिया, ३३.९ मेट्रिक टन डिएपी, १.३५ मेट्रिक टन पोटास र ०.६ मेट्रिक टन कृषि चुन बिक्री वितरण गरिएको छ । एक सय एक परिवारलाई लालपुर्जा नापी कार्यालय तनहुँले ऋषिङ–४ भीरकोटका एक सय एक परिवारलाई गाउँ ब्लक अन्तर्गत लालपुर्जा वितरण गरेको छ । साविकको भीरकोट गाउँ विकास समिति अन्तर्गत १७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले उक्त परिवारलाई लालपुर्जा वितरण गरेको हो ।

गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नापी कार्यालय प्रमुख आचार्यले संयुक्त रुपमा सर्वसाधारणलाई पुर्जा वितरण गर्नुभएको थियो । पुर्जा नहुँदा उनीहरु व्यक्तिगत काम, बैँकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट वञ्चित थिए । विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नक्शानाप गरिएको थियो । तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । एकै ठाउँमा धेरै घर भएका ठाउँमा नापनक्शा हुन छुट भएको थियो । उक्त समयमा ती जग्गामा ब्लक नम्बर लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बर नापेर भोगको आधारमा पुर्जा वितरण गरेको हो । कार्यालयले यसअघि तनहुँको आँबुखैरेनी, बन्दीपुर गाउँपालिकामा पनि गाउँ ब्लक अन्तर्गतका पुर्जा वितरण गरिसकेको छ । तनहुँमा विसं २०७१ देखि गाउँ ब्लक नाप्न सुरु गरिएको थियो । नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ वटा गाविसमा गाउँ ब्लक रहेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

तरकारीबाटै किसानलाई सम्पत्ति र सम्मान

‘विपद्बाट हुने धनजनको सुरक्षामा सबै निकाय जुटौँ’