कास्कीको धम्पुस केन्द्र भएर भूकम्पको धक्का

कास्की, ९ असार :गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुुस भएको छ ।बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ«े गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीयवासीले बताएका छन् ।धम्पुसका वडाध्यक्ष वैकुण्ठ भण्डारीले ठूलो धक्का दिए पनि बिहानसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

कपिलवस्तुमा ४१५ छात्रालाई साइकल वितरण

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ३७ लाख खर्च