सेनाद्वारा बिरामीको उद्वार

जङ्गलको गोठमा बिरामी परेका एक स्थानीय बासिन्दालाई नेपाली सेनाले आज उद्वार गरेको छ । स्वास्थ्य समस्याले गम्भीर अवस्थामा पुगेका रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–५ निवासी १९ वर्षका सन्तोष तामाङलाई नेपाली सेना विष्णु दल गणले भारी वर्षाको प्रवाह नगरी उपचारार्थ बोकेर जिल्ला अस्पताल पु¥याएको हो । चन्दनबारी र प्राप्चेबीच उच्च भागमा रहेको चौरी गोठबाट नेपाली सेनाले उद्वार गरेको थियो ।

नेपाली सेनाले जिल्ला अस्पताल पु¥याए पश्चात् चिकित्सकको सिफारिसमा अहिले बिरामीलाई ललितपुरको पाटन अस्पताल पु¥याइएको चन्दनबारीका होटल व्यवसायी सुनाम घ्याल्मो तामाङले बताउनुभयो । समुद्र सतहदेखि तीन हजार २५० मिटरको उचाइबाट बिरामीको उद्वार भएको थियो । कुनाकाप्चामा छरिएर रहेका स्थानीय नागरिक बिरामी पर्दा नेपाली सेनाले छिटोछरितो उद्वार गरी मानव बचाउने कार्यमा गरेको योगदान अविस्मरणीय रहेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि बढाउनुपयो : आपूर्तिमन्त्री

मूल्य निर्धारण गर्ने सन्दर्भमा सरकार संवेदनशील : मन्त्री बडू