बसको ठक्करबाट मृत्यु

बेदकोट नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा आज बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको ना४ख ८०७७ नंको बसको ठक्करबाट शुक्लाफाँटा नगरपालिका–६ का अन्दाजी ३० वर्षीया विमलादेवी जोशीको मृत्यु भएको हो । सडक पार गर्ने क्रममा बसले जोशीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । सख्त घाइते भएकी जोशीलाई अस्पताल पु¥याउने क्रममै मृत्यु भएको बताइएको छ । बसका चालक भीमदत्त नगरपालिकाको बनगाउँ बस्ने ३४ वर्षीय राजेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

बेनी–दरवाङ सडकको सिम–लाम्पाटा खण्ड स्तरोन्नति सुरु

पर्साका सबै पालिकाद्वारा विपद् न्यूनीकरणका लागि कार्ययोजना