बसको ठक्करबाट महिलाको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको भाषी–सुडा खण्डमा आज बिहान बसको ठक्करबाट महिलाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बर्दियातर्फ गइरहेको ना ४ ख ८०७७ नं को बसले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका–६ बस्ने ३० वर्षीया बिमलादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते हुनुभएकी जोशीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि आक्रोसित स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीय प्रशासन राजमार्ग खुलाउन प्रयासरत रहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बलमेले बस र चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

शङ्खरापुरमा टिपरको ठक्करबाट महिलाको मृत्यु

‘मेरो बोली सुन्दा’ म्युजिक भिडियो सार्वजनिक