विषालु सर्पले डस्दा १५ वर्षीय किशोरको मृत्यु

दमक, ८ असार:विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ ।हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

घट्यो सुनको मूल्य

जिसस सप्तरीको निर्वाचन असार १२ मा