बसको ठक्करबाट एकको मृत्यु

स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा बाग्लुङको हरिया गाउँपालिका बस्ने ३४ वर्षीय विनोद थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार भरतपुर महानगरपालिका–४ अनुपम चोकस्थित डेरिचोकबाट यज्ञपुरी चोकतर्फ आउँदै गरेको ना१क ३५९६ नंको होलिभिजन पब्लिक स्कुलको बसले आनन्दपुरतर्फ आउँदै गरेको ना३३प ३६६६ नंको मोटरसाइकललाई आज बिहान ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल पछाडि सवार घाइते थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल चालक बाग्लुङको हरिया गाउँपालिका निवासी ३४ वर्षीय आयुस बोहोरा गम्भीर घाइते हुनुभएको छ । उहाँको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

योगलाई खेलकुदसँग जोड्नुपर्छ : मन्त्री गहतराज

सरकार प्रेस स्वतन्त्रताको पक्षमा छ : सञ्चारमन्त्री कार्की