रुपा गाउँपालिकामा कांग्रेसको आग्रता

कास्कीको रुपा गाउँपालिकामा शुक्रबार भएको निर्वाचनमा १० हजार ३४४ मत खसेको छ ।गाउँपालिकामा कूल १४ हजार ६७५ मतदाता थिए । सबै मतदान केन्द्रको मतपेटिका आएसँगै सर्वदलीय वैठक बसी मतगणना सुरु गरिएको निर्वाचन अधिकृत रुद्र सुवेदीले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नं १ र २ को मतगणना भइरहेको र हाल ८०० जति मतगणना भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार गणनामा वडा नं १ मा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (एमाले)ले अग्रता लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

काठमाडौ महानगरपालिकाको मतगणना सुरु

राप्ती गाउँपालिका –९ मा माओवादीका मगर विजयी