सिन्धुली मरिणको मतगणना प्रारम्भ

स्थानीय तहको शुक्रबार भएको निर्वाचनको विभिन्न पालिकामा मतगणना सुरु भएका छन् । जिल्लाको मरिण गाउँपालिकामा मतगणना सुरु भएको छ । अन्य स्थानीय तहमा पनि मतगणना गर्न सर्वदलीय बैठक बस्दैछ ।मरिणको वडा नं १ बाट मतगणना सुरु गरिएको हो । हालसम्म ५४३ मतगणना सम्पन्न भएको जनाइएको छ । यस्तै हरिहरपुरगढी गाउँपालिकामा मतगणनाको तयारी गरिएको छ । बिहान ७ बजेदेखि मतगणना गर्ने सहमति भए पनि ढिलागरी मतगणना सुरु हुन लागेको हो ।दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, कमलामाई नगरपालिका, घ्याङलेख गाउँपालिका, गोलञ्जोर गाउँपालिकामा बिहान ९ बजेदेखि मतगणना गर्ने बताइएको छ ।

सुनकोसी गाउँपालिकामा बिहान सर्वदलीय बैठक राखिएको निर्वाचन अधिकृत लक्ष्मी पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा (एमाल)ले बन्दीपुर र चैनपुरमा पुनःमतदानको माग गर्दै निवेदन दिएको छ । निर्वाचन अधिकृत पाण्डेले उक्त स्थलमा झडप भएको र पछि मतदान भएको बताउनुभयो । सर्वदलीय बैठकपछि के गर्ने भन्ने निर्णय हुने उहाँको भनाइ छ ।जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी पुष्पाकुमारी झाका अनुसार जिल्लामा ६९ प्रतिशत मतदान भएको छ । जिल्लाको केही स्थानीय तहबाट विवरण प्राप्त नभएकाले यो प्रक्षेपण गरिएको हो ।

जिल्लामा कति प्रतिशत मत खस्यो भन्ने विषयमा स्थानीय तहमा खटाइएका निर्वाचन अधिकृतसँग विवरण माग गरिएको उहाँले जानकारी दिनुभयो ।दुधौली नगरपालिकामा ७०.६२, कमलामाई नगरपालिकामा ६८, सुनकोसी गाउँपालिकामा ६६, हरिहरपुरगढीमा ६८ र फिक्कल गाउँपालिकामा ७२.७३ प्रतिशत मतदान भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

हेलिकप्टर मार्फत मतपेटिका ल्याईँदै

हेटौँडा उपमहानगरपालिकाको चार वडाको मतगणना सुरु