डडेल्धुराको पाँच पालिकामा मतगणना जारी

डडेल्धुराका सात पालिकामध्ये पाँच पालिकामा मतगणना सुरु भएको छ । जिल्ला सदरमुकाममा स्थित अमरगढी र पर्शुराम नगरपालिका सहित गन्यापधुरा, नवदुर्गा र आलिताल गाउँपालिमा मतगणना सुरू भएको जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख हरिप्रसाद पङ्गेनीले जानकारी दिनुभयो ।

अन्य दुई पालिकामा आजै मतगणना सुरू हुने बताउनुभयो । भागेश्वर गाउँपालिकाको आज बिहान १० बजेपछि सुरु हुने भएको सहायक निर्वाचन अधिकृत हर्ष रोकाले बताउनुभयो । अजयमेरू गाउँपालिका–२ चमडामा विवाद रहेको जनाइएको छ ।गन्यापधुरामा ४०० मतगणना गर्दा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार इन्द्र कार्कीले १९४ मत ल्याएर अग्रता लिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

यसरी हुँदैछ काठमाडौँ महानगरपालिकाको मतगणना

बुटवल उपमहानगरमा कांग्रेसका पाण्डेको अग्रता