नेपाल विविधताले भरिपूर्ण भएकोले विश्व समुदायलाई नेपाल भ्रमण गर्न शिक्षामन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गर्नुभएको छ ।कन्सुलेट जनरल अफ नेपाल र नेपाल–अमेरिका फाउण्डेशनको आयोजना तथा नेपाल पर्यटन बोर्डको सह–आयोजनामा नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन आयोजित ‘नेपालको पर्यटन कला र संस्कृति’ विषयको गोष्ठीलाई न्यूर्योकमा सम्बोधन गर्दै उहाँले नेपाल विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य मध्यको एक भएकोले विश्व समुदायलाई नेपाल भ्रमणका लागि आह्वान गर्नुभएको हो ।

मन्त्री पोखरेलले बुद्धको जन्मभूमि र विश्वको अग्लो समगरमाथा भएको देश नेपालको विश्वमा छुट्टै पहिचान भएको समेत बताउनुभयो । नेपाल आउने पर्यटकलाई आवश्यक सम्पूर्ण सेवा र सुरक्षा दिन नेपाल सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुहुँदै उहाँले विविधताले भरिपूर्ण सुन्दर देश नेपाल भ्रमण गर्न सबैलाई आग्रहसमेत गर्नुभयो ।

नेपाल प्राकृतिक, सांस्कृतिक रुपमा धनी भएको बताउँदै मन्त्री पोखरेलले नेपाल सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनुभयो ।विश्व समुदायको ध्यान नेपाल तिर आकर्षित गर्न भ्रमण आयोजना गर्न थालिएको भन्दै उहाँले नेपाल सुन्दर, सुरक्षित र महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको उल्लेख गर्नुभयो ।नेपाल सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ अघि बढिरहेको उल्लेख गर्दै पर्यटन प्रर्वद्धन र विकासका लागि सरकारले प्राथमिकता साथ काम गरिरहेको बताउनुभयो ।

नेपालको विद्यालय पाठ्यक्रममा असल मानवीय मूल्यहरु समेटिएको उल्लेख गर्दै नेपालीहरु अतिथि सत्कारका लागि राम्रो सेवा दिन सक्षम रहेको समेत बताउनुभयो ।संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सामाजिक सङ्गठन (युनेस्को) को आयोजनामा अमेरिकाको न्यूयोर्कमा भएको दिगो विकास लक्ष्यसम्बन्धी ‘हाई लेभल पोल्टिकल फोरममा’ भाग लिन मन्त्री पोखरेल केही दिनअघि त्यसतर्फ जानु भएको हो ।रासस

2 Comments

Leave a Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

गण्डकी प्रदेश सरकारविरुद्ध परे १५ मुद्दा

आलेलाई मङ्गलबार प्रमाणपत्र र नगद हस्तान्तरण गर्दै