नयाँ गति रैलामा कपिल र करिष्माको यस्तो धमाका !(भिडियो)

काठमाडौं । पछिल्लो समयमा पुरै मौलिक भन्दा पनि मौलिकतासँगै फ्युजन गरिएका गीत संगीतहरु लोकप्रिय भई रहेका छन् । नेपाली दर्शक श्रोताको यस्तो मनलाई नजिकबाट नियालि रहेका बहु प्रतिभाका धनी कपिल कुँवरले त्यस्तै प्रस्तुति लिएर आएका छन् । फ्युजन फ्लेवरमा आएको उक्त गीतको बोल रैला रहेको छ । उक्त गीतमा कपिल कुँवरको शब्द, संगीत तथा स्वर रहेको छ भने अराज केशवले र्याप आवाज दिएका छन् । गीतको रेकर्डिङ बिग परिवेश स्टुडियोमा गरिएको हो ।

जीवन बडु संगीत संयोजन र मिक्सिङ रहेको रैला गीतको भिडियोमा भने करिस्मा ढकाल, कपिल कुँवर र अराज केशव फिचरिङ छन् । आरोन अशोक कुमारले छायाँकन गरेको भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् भने सम्पादन र कलर मिलन बिश्वकर्माको रहेको छ ।

सामाजिक मौलिकताको भाका अहिलेको युवा पिंढीको साँगीतिक चाहनालाई समेत मध्यनजर गरेर यो रैला गीत बजारमा ल्याईएकोले यो गीतको भिडियोले चर्चा पाउँने विस्वास आफुमा रहेको कुरा यस गीतका सर्जक कपिलले बताए ।भिडियो हेर्न लिंकमा जानुहोस्

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

प्रधानसेनापति थापा अमेरिकातर्फ प्रस्थान

आलियाको फोटोमा रणवीरका खुट्टा देखियो भन्दै फ्यानहरुले उडाए मजाक, के हो सत्य ?