एजेन्सी- बलिउडकी ‘क्विन’ भनिने कंगना रनौतको विवादमा आउनु उनका लागी कुनै नौलो कुरा होइन् । भनिन्छ उनको विवादसँग पुरानो नाता छ । यतिबेला कंगनाको निशानामा पत्रकार परेका छन् । फिल्म ‘जजमेन्टल हे क्या’ को एक रिमिक्स प्रोमोशनल गीतलाई सार्वजनिक गर्ने कार्यक्रममा कंगना एक पत्रकार माथि नराम्रोसँग खनिउको छन् ।
जुन भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।ती पत्रकारले कंगनाको फिल्म मणिकर्णिकाबारे नकारात्मक टिप्पणी गरेको आरोप लगाइन् । यद्यपि, पत्रकारले कंगनाको आरोपलाई अस्विकार गरिरहे तर नायिकाले उनको कुरा सुनेको नसुन्यै गरिन् र उनी माथि खनिइरहिन ।
ती पत्रकारले उनको फिल्म ‘मणिकर्णिकाः द क्विन अफ झाँसी’ विरुद्ध दुर्भावनाबाट ग्रस्त भएर धेरैकुरा लेखेका छन्, साथै उनीबारे टेढा कुरा ट्वीट गरेको पनि कंगनाको आरोप छ । पत्रकारले उनको आरोप खण्डन गर्दै आफूले कहिले पनि उनीविरुद्ध नलेखेको बताए । उनीहरुको झगडाले ठुलो रुप लिएपछि उनीहरुलाई बीचमा अरु कसैले नै हस्तक्षेप गर्नुपरेको थियो ।
Comments
0 comments