राष्ट्रिय सभाबाट विनियोजन विधेयक, २०७६ पारित, पूर्ण बजेट भने भोलिमात्र पारित हुने

काठमाडौं, २३ असार । विनियोजन विधेयक, २०७६ लाई राष्ट्रिय सभाको सोमबारको बैठकले पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विनियोजन विधेयकलाई बैठकको बहुमतले पारित गरेको हो । विनियोजन विधेयक, २०७६ लाई प्रतिनिधिसभाले भने यस अघि नै पारित गरिसकेको छ ।

विनियोजन विधेयक, २०७६ को सम्बन्धमा राष्ट्रिय सभा बैठकमा यही असार २०, २२ र आज २३ गते विभागीय मन्त्रीहरुले सदनमा जवाफ प्रस्तुत गरे पछि उक्त विधेयकलाई आज पारित गरिएको हो ।विनियोजन विधेयक, २०७६ अन्तर्गत भएको मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिइसके पछि आज पारित गरिएको हो ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको भने प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले जवाफ दिएका थिए ।

उक्त विधेयकलाई पारित गर्नु पूर्व ती मन्त्रालयहरु उपर परेका ५ खर्च कटौतीको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । यसैगरी, राष्ट्रिय सभाको आजको बैठकले विनियोजन विधेयक, २०७६ सँग आश्रित रहेका अन्य तीनवटा विधेयकहरुलाई समेत स्वीकृत गरेको छ । बैठकले ‘आर्थिक विधेयक, २०७६’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६’ तथा ‘ऋण तथा जमानत (२३ सौं संशोधन) विधेयक, २०७६’लाई स्वीकृत गरेको हो । बैठकमा अर्थमन्त्री डा.खतिवडाले उक्त तीनवटै विधेयकहरु माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए भने उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वीकृत गरेको हो । राष्ट्रिय सभाको अर्को बैठक भोलि अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

भोलि बस्ने राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयकसँग आश्रित रहेका अन्य विधेयकहरुलाई समेत पारित गरे पछि राष्ट्रिय सभाबाट पनि आगामी आ.ब.२०७६÷७७ को बार्षिक बजेट पूर्णरुपले पारित हुनेछ । दुबै सदनबाट पारित बजेटलाई राष्ट्रपतिबाट प्रमाणिकरण भए पछि आउँदो असार १ देखि देखि अधिराज्यभर लागू हुनेछ । नेपाल सरकारले संघीय संसदको संयुक्त बैठक मार्फत गत जेठ १५ गते बार्षिक बजेट प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

two-day visit to Hanoi to discuss bilateral relations

दाँतको दुखाइ कम गर्ने देखि अन्य रोगको अचुक औषधि ल्वाङ, यस्ता छन् अन्य अपत्यारीला फाइदा