किन हुन्छ स्मरणशक्ति कमजोर ? यस्ता छन् कारण

मस्तिष्क अर्थात् दिमाग निकै ठूलो उपहार हो । स्मरण दिमागसँग जोडिएको हुन्छ । स्मरणशक्ति कमजोर हुनु वा बिर्सनुको मुख्य कारण एकाग्रताको कमी हो ।

नियमित यस्तो समस्या देखिएमा मस्तिष्कको रिकल प्रोसेसका लागि आवश्यक पोषण तत्वको कमीले पनि हुन सक्छ । खानामा नियमित घ्यूको प्रयोगले पनि स्मरणशक्ति बढाउने काम गर्छ । प्रत्येक दिन एक गिलास दूध, बदाम, एबोकाडो, माछाको प्रयोगले पनि स्मरणशक्ति मजबुत बनाउन भूमिका खेल्छ ।

पूरै निद्रा सुत्दा पूरै दिनको घटना दिमागमा सहजै बस्न मद्दत पुग्छ ।मानिसको उमेर बढ्दै जाँदा पनि स्मरणशक्तिमा ह्रास आउने गर्छ । अल्जाइमरजस्ता रोगले पनि स्मरणशक्तिमा हानि पु¥याउने काम गर्छ । ड्रग्सको अत्यधिक सेवन पनि तपाईंको स्मरणशक्ति कमजोर बन्ने कारण हुन सक्छ । ड्रग्सले मस्तिष्कको कैयौँ भागमा सीधा प्रभाव पार्ने गर्छ ।

निद्राको कमीले मानिसको स्मरणशक्ति कमजोर बन्छ । कम निद्राले मस्तिष्कको याद गर्ने क्षमतालाई प्रभावित पार्ने गर्छ । तनाव र दुःखीपनाले पनि स्मरणशक्ति कमजोर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । तनावले मस्तिष्कको स्टोरेज प्रक्रियामा समेत असर पु९याउने गर्छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Spain Running of the Bulls

An elderly Kashmiri woman waits for transport at a temporary check point