यी सात कृति मदन पुरस्कारका लागि छानिए

मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको छ । छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेशराजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ छन् ।

पुरस्कारका लागि कूल २५७ कृति प्राप्त भएकामा छनोट समितिको सिफारिशमा ती सात कृतिको नाम सार्वजनिक गरिएको गुठीले जनाएको छ । छनोटमा परेका सात कृतिमध्येबाट एक कृतिलाई मदन पुरस्कार प्रदान गरिनेछ । साहित्यिक क्षेत्रमा यस पुरस्कारलाई महत्वपूर्ण मानिन्छ । (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजनाअन्तर्गत ‘सुपर धान जोन कार्यक्रम’ पाँच स्थानीय तहमा विस्तार

पृथ्वीनारायण शाह भन्दा पनि जेठो इतिहास बोकेको दमाह रातको समयमा आफै बज्ने ! (हेर्नुस् भिडियो)