सुतिरहेको अवस्थामा सात वर्षीया बालिकालाई एक्कासी विषालु सर्पले टोकेपछि..

झापा गाउँपालिका–६ स्थित मदरगाछमा विषालु सर्पको टोकाइले सात वर्षीया बालिकाको मृत्युु भएको छ । वैधनाथ गोसाइँकी छोरी निरुतालाई आइतबार राति २ बजे सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो ।

सर्पले टोकेको थाहा पाएलगत्तै उनलाई कनकाई नगरपालिकास्थित कनकाई सहारा सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लगिएको थियो ।बालिकाको उपचारकै क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा तीन सर्पदंश उपचार केन्द्र रहेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

शाली भेनाको यो डान्सले तात्यो बेलायत ! भिडियो सहित !

निकै रोमान्टिक अबस्थामा देखियो प्रभास र श्रद्धा