एजेन्सी – साउथ स्टार प्रभास र नायिका श्रद्धा अभिनित फिल्म ’साहो’को पहिलो गीतको फर्स्ट लूक सार्बजनिक भएको छ । सार्बजनिक गित प्रभास आफैंले आफ्नो इन्सटाग्राम मार्फत सार्वजनिक गरेका हुन् ।
उनले उनले आफ्नो र श्रद्धाको दुई पोस्टर पनि सार्बजनिक गरेका छन् । सार्वजनिक गरिएको पोस्टरहरुमा प्रभास र श्रद्धा निकै रोमान्टिक मोडमा देखा परेका छन् । केहि समय ’साहो फिल्मको टिजर पनि सार्बजनि भएको थियो । हिन्दी, तमिल तथा तेलेगुमा छायाँकन गरिएको यस फिल्म १५ तारिखका दिन रिलिज हुने भएको छ ।
सुजितको निर्देशनमा तयार भएको यस फिल्म मा प्रभास र अभिनेत्री श्रद्धा कपुरका साथ मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विज लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
Comments
0 comments