काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले तेश्रो पटक विवाह गर्ने भएका छन । कार्कीले ६२ बर्षिय वर्षको उमेरमा उत्सव सम्शेर राणाकी नातिनीसंग विवाह गर्न लागेका हुन् । आइतवार थापाथली स्थित टिकाटालो गरेका कार्कीको विवाहको मिति भने सार्वजनिक नगरेको बताइएको छ ।
कार्कीले पहिलो पटक तेजबहादुर पछाईंकी छोरी र दोश्रोपटक परीक्षित नरसिंह राणाकी छोरी आवु राणासँग विवाह गरेका थिए दुवै श्रीमतीको क्यान्सरको कारणले गर्दा निधन भएकाले उनले तेश्रो पटक बिवाह गर्न लागेका हुन्।
भोजपुर देउराली स्थायी घर भएका कार्की हाल जेठी श्रीमतीकी छोरीका साथमा काठमाडौँ स्थित हात्तीगौंडामा बस्दै आइरहेका छन। कार्की केहि वर्ष अघि अर्थ तथा जलस्रोत मन्त्री बनेका कार्की दोस्रो संविधानसभामा समानुपातिक सांसद थिए ।
Comments
0 comments