सलमानले लिए दुई सय करोड पारिश्रमिक

एजेन्सी-बिगबोस सिजन १३ मा सलमानले दुई सय करोड भारु लिएको समाचार बाहिर आएको छ । त्यसैले पनि बिगबोस सिजन १३ सुरु नहुँदै यसको चर्चा सुरु भएको हो । कहिले प्रतिस्पर्धीका कारण त कहिले सलमान खानको पारिश्रमिकका कारण ।

यो शो चर्चामा आइरहन्छ । रिपोर्टअनुसार सलमान खानको पारिश्रमिक दुई सय करोड भारुको हाराहारी छ । उनले हरेक साता १३ करोड पारिश्रमिक लिनेछन् । जसअनुसार सलमानको पूरा सिजनको पारिश्रमिक एक सय ९५ देखि दुई सय करोड हाराहारी हुनेछ ।

यस अघि सिजन १० मा सलमानले ११ करोड प्रतिहप्ता पारिश्रमिक बुझेका थिए । सलमान पछिल्लो समय फिल्म दवगं तीनको सुटिगंमा व्यसत छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

विजयपुर खोलामाथिको डाइर्भसन बाढीले बगाउँदा पोखरा भित्रिने मालबाहक ट्रकको वारपार ठप्प

पाँचथरमा कफीखेतीको सम्भावना र माग उच्च, वर्षमा २० लाख विनियोजन गरेर बेर्ना उत्पादन शुरु