काठमाडौं । आयोजक मलेसियालाई सात विकेटले पराजित गर्दै नेपाल एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को फाइनलमा प्रवेश गरेको छ । आज मलेसियाको किनरारा ओभल मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले पहिले बलिङ गरेको नेपालले कसिलो बलिङ गर्दै मलेसियालाई ४०।५ ओभरमा ८७ रनमा सिमित गरेसँगै नेपालको भाग्य चम्किएको हो । मलेसियाको ब्याटिङलाई धरासयी बनाउन नेपालका सागर ढकालले तीन विकेट लिए भने कुशल मल्लले २ विकेट लिए ।
ढकालले १० ओभर बलिङ गर्दै ३ मेडनसहित १६ रन खर्चेर तीन विकेट लिन सफल भए । मल्लले ९ ओभरमा ५ मेडनसहित १३ रन खर्चेर दुई विकेट लिए । तिलक राज भण्डारी, रसिद खान र कमल सिंह ऐरीले १–१ विकेट लिए । जीतका लागि ८८ रनको झिनो लक्ष्य पाएको नेपालले उक्त लक्ष्य मात्र १५।५ ओभरमा ३ विकेट गुमाएर भेट्टाएसँगै नेपालले हङकङ र सिङ्गापुरको विजेतासँग भिड्ने पक्का भएको छ ।
Comments
0 comments