काठमाडौं । श्रीलङ्कामा आयोजित ‘दी सार्क फिल्म फेस्टिबल–२०१९’मा चलचित्र ‘बुलबुल’बाट अभिनेत्री स्वस्तिमा खड्काले अवार्ड जितेकी छिन् । उनले उक्त कुराको जानकारी फेसबुक मार्फत दिएकी हुन् ।
स्वस्तिमाले आफूले ‘बेस्ट परफर्मर जुरी अवार्ड २०१९’ हात पार्न सफल भएकी हुन् । स्वस्तिमाले अवार्ड पाएसंगै फेसबुकमा खुसी साटदै यो अवार्ड नेपालका लागि भएको बताएकी छिन् । साथै उनले आफूले जितेको अवार्ड ‘बुलुबल’ टिमलाई समर्पित गर्न चाहने उल्लेख गरेकी छन् ।
गत वर्षको फागुनमा प्रदर्शनमा आएको विनोद पौडेल निर्देशित ‘बुलबुल’लाई समीक्षकले निकै प्रशंसा गरेका थिए । चलचित्रमा स्वस्तिमाले जिवन्त अभिनय गरेकी थिईन् ।
फिल्ममा उनको अभिनयलाई अत्यन्तै मन पराइउको थियो ।जुलाई २ देखि ७ सम्म भएको उक्त फिल्म फेष्टिबलमा सहभागी हुन स्वस्तिमा गत हप्ता श्रीलंका पुगेकी थिइन् ।
Comments
0 comments