उस्मान ख्वाजा विश्वकपबाट बाहिरिए पछि अस्ट्रेलियालाई ठूलो झड्का

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट २०१९ को सेमिफाइनल अघि अस्ट्रेलियालाई ठूलो झड्का लागेको छ । भरपर्दा ब्याट्सम्यान उस्मान ख्वाजा घाइते भएपछि अस्ट्रेलियालाई ठूलो झड्का लागेको हो । दक्षिण अफ्रिकाविरुद्ध लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गरेका ख्वाजा त्यही बेला चोटग्रस्त भएका थिए ।

जसका कारण उनी रिटार्यड हट हुँदै पेभेलियन फर्किए । तर दोस्रो पटक ब्याटिङ गर्न ख्वाजा उत्रिए पनि अस्ट्रेलिया १० रनले पराजित हुन पुग्यो ।ख्वाजालाई हातमा लागेको चोट ठिक हुन ३–४ हप्ता लाग्ने पनि बताइएको छ । ख्वाजाको ठाउँमा म्याथू बेडलाई टिममा राखिएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

टाइफाइडको प्रकोप बढ्दै गएपछि प्रशासनले बोलायो आकस्मिक बैठक

सर्वोच्च अदालतले एनसेल विवादको फैसला साउन २१ मा सुनाउदै