काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी० का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको निधन भएको छ। उनको आइतबार राती नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा र राती ८ बजेर ०२ मिनेटमा निधन भएको बताइएको छ ।
स्वर्गीय नेता अधिकारीको सोमबार अन्तिम श्रद्धाञ्जलीसँगै अन्त्येष्टि गरिने छ। उनको फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघात समेत भएको थियो। पुस २७ गते वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा भर्ना भएका उनलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धी ल्याइएको थियो ।
२००८ सालमा गोरखामा जन्मिएका अधिकारीका श्रीमती, दुईछोरा र तीन छोरी रहेका छन् ।
Comments
0 comments