मोरङ – प्रदेश १ सरकारले भारतबाट भित्रने फलफुल तथा तरकारीको विषादी परीक्षण गर्ने भएको छ ।संघीय सरकारले विषादीको परीक्षण गरेर मात्र तरकारी तथा फलफुल भित्र्याउन दिने भनी गरेको निर्णय तत्काललाई कार्यान्वयन नगर्ने भरी सार्वजनिक भइरहेका बेला प्रदेश १ सरकारले भने फलफुल तथा तरकारीको विषादी परीक्षण गर्ने भएको छ ।
यसका लागी विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।काठमाण्डौबाट प्राविधिकसहितको टोली ल्याएर प्रदेश १ सरकार भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अगुवाइमा विराटनगरको रानीमा फलफुल तथा तरकारीको विषादी प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।
प्रयोगशाला स्थापना भएसँगै अब विराटनगरबाट नै तरकारी र फलफुलको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला मार्फत मापन हुने बतायएको छ । उक्त विषादी प्रयोग शाला २५ लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको हो ।
Comments
0 comments