पेरुलाई हराउदै कोपा अमेरिका फुटबलको उपाधि ब्राजिलले जित्यो, १२ वर्षको कोपा अमेरिकाको खडेरी अन्त्य

काठमाडौँ- कोपा अमेरिकाको उपाधि ब्राजिलले जितेको छ । पेरुलाई ३–१ ले हराउँदै ब्राजिलले उपाधी चुम्न सफल भएको हो ।रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको फाइनलमा ग्याब्रियल जेससले एउटा गोल, एउटा एसिस्ट र त्यसपछि रातो कार्ड पाएर बाहिरिएको खेलको बाजी ब्राजिलले मार्‍यो ।खेलको १५औं मिनेटमा एभर्टनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले जेससको पासमा गोल गरेका थिए ।

४४औं मिनेटमा पेरुले पेनाल्टी पायो । टियागो सिल्भाले डि एरियामा ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई पाउलो गुएर्रोले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्‍याए ।इन्ज्युरी समयमा जेससले गोल गर्दै ब्राजिललाई पहिलो हाफअघि २–१ को अग्रता दिलाएका थिए ।

९०औं मिनेटमा जाम्ब्रानोले एभर्टनलाई फाउल गरेपछि ब्राजिलले पेनाल्टी पायो । पेनाल्टीलाई सब्स्टिच्युट खेलाडी रिचार्डलिसनले गोलमा परिणत गरेपछि कोपा अमेरिका फुटबलको उपाधि बाज्रिलले पाँउन सफल भयो । जितसँगै ब्राजिलले १२ वर्षको उपाधिको खडेरी अन्त्य गरेको छ ।ब्राजिलको समग्रमा यो नवौं कोपा उपाधि हो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

अब भदौ देखि पाइपलाईनबाटै तेल भित्र्याउने तयारी

सबैको रोजाईमा पर्यो ‘नेपाल टेलिभिजन