प्रधानमन्त्री ओलीलाई निर्माणाधीन द्रुतमार्गको हालसम्मको प्रगति बारे जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली सेनाले आफ्नो व्यवस्थापकीय जिम्मेवारीमा निर्माणाधीन ‘काठमाडाँै–तराई–मधेश द्रुतमार्ग’को हालसम्मको प्रगति बारे जानकारी गराएको छ ।प्रधानमन्त्री ओलीले आज साँझ जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्नुभएको थियो । उहाँलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डामा स्वागत गर्नुभएको थियो ।

द्रुतमार्ग आयोजनाका आयोजना प्रमुखले हालसम्म भएका प्रगति बारे प्रस्तुतिकरणमार्फत जानकारी गराउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, मुख्य सचिव लोकदर्शन रेग्मी, रक्षा सचिव रेश्मीराज पाण्डे तथा सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

कपडा सिलाउने पसलमा के लुकाए यी दुईले शँका लागेर छापा मार्दा छक्क पर्यो प्रहरी

Govt will be successful: Prachanda