१२ वटा वडा कार्यालयमा विप्लप समूहका कार्यकर्ताले लगाएको ताला खोलि कार्यालय सञ्चालन

कैलाली जिल्लाका विभिन्न स्थानीय तहका १२ वटा वडा कार्यालयमा विप्लप समूहका कार्यकर्ताले लगाएको ताला खोलेर आज कार्यालय सञ्चालन गरिएको छ ।प्रहरी टोलीले वडा कार्यालयहरुमा लगाइएको ताला खोलेको हो ।

प्लप समूहका कार्यकर्ताले जिल्लाको चुरे, मोहन्याल र कैलारी गाउँपालिका बाहेकका स्थानीय तहका वडा कार्यालयहरुमा गए रातिदेखि आज बिहानको समयसम्म ताला लगाएको र थप १३ वटा वडा कार्यालयमा पर्चा छरेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो । धनगढी उपमहानगरपालिकाका केही वडामा पनि उक्त समूहले ताला लगाएको थियो ।

गोदावरी नगरपालिका–७ र ८ को वडा कार्यालयमा भेटिएको बमजस्तो देखिने शङ्कास्पद वस्तु नेपाली सेनाले आज निस्क्रिय तुल्याएको छ । तालाबन्दी गर्ने, शङ्कास्पद वस्तु छोड्ने जस्ता गतिविधिले स्थानीयवासीमा त्रास फैलिएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Police should be purified and decent organization: Chief Khanal

घरको छतमा खेल्ने क्रममा करेन्ट लागेर दुई बालक घाइते