कतारबाट आउँदा डाइपरमा सुन लुकाएर ल्याउने विमानस्थलबाट पक्राउ

बालबालिकाले प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा सुन लिन आउने थप दुुई जनासमेत पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

कतारको दोहाबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आउँदै गरेका मोरङ्गका लिलाबहादुर बस्नेतलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुुभयो । सामान लिन आउने रूपेश गिरी र टेकबहादुर थापालाई समेत पक्राउ गरिएको उहाँले बताउनुुभयो ।

उहाँका अनुसार उनले कसैले पार्सल भनेर पठाएको पोको आफूले ल्याइदिएको बयान दिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको छ । प्रहरीले उनीसँग ४०० ग्राम सुनसमेत बरामद गरेको छ । बस्नेत तीन वर्ष कतारमा वैदेशिक रोजगारीमा बसेर घर फर्कदै गरेका थिए । सुुन रिङ बनाएर डाइपरमा हालेको अवस्थामा भेटिएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Parliamentarians’ concerns not taken seriously: Khand

मार्सेलोले मापसे चेकिङ गर्न अस्वीकार गर्दै बरु जरिमाना तिर्न तयार छु भनेपछि प्रहरीको फन्दामा परे मार्सेलो