जो फालिएका टायर बटुलेर पैसा फलाउँदैछिन् (भिडियोसहित)

ओजस्वी वैद्यका लागि काम नलाग्ने भन्ने केही चिज हुँदैन । उनले स्थापना गरेको टायर ट्रेजर्सले फालिएको टायरलाई पुर्नप्रयोग गरेर आकर्षक फर्निचर बनाइरहेको छ । ललितपुरको उनको कारखानामा पुग्दा उनी टायरबाट बन्ने नयाँ फर्निचरको डिजाइनमा व्यस्त थिइन् ।

टायर ट्रेजर्सले फालिएका टायरलाई सरसफाई र रङरोगन गरी बस्ने मेच, टी–टेबल, सोफा लगायतका सामग्री बनाएर बिक्री गर्छ । उनको कम्पनीमा अहिले ६ जनाले रोजगारी पनि पाएका छन् । यी ६ जना नै महिला हुन् । ‘हाम्रो सानै टीम छ तर, हामीले आवश्यकता अनुसार अरु जनशक्ति कन्ट्राक्टमा लिन्छौं ।’

वातावरणीय प्रदुषण न्युनिकरणका लागि पनि टायरको पुर्नप्रयोग आवश्यक रहेको उनको निश्कर्ष छ । अध्ययनका बेला रिसर्च गर्दा नेपालमा फालिएका टायर त्यति धेरै पुर्नप्रयोगमा नआएको देखिएपछि टायर ट्रेजर्सको परिकल्पना आएको उनले बताइन् । ‘फालेको टायरको फर्निचर पनि कति महंगो भन्नेहरु पनि छन् तर, यसको गुणस्तर बुझेपछि रुचाउने विस्तारै बढ्दैछन्’, उनले भनिन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

प्रदिप खड्का अभिनित फिल्म ‘फूल हैन’ गीतले कमायो ३ करोड !

चार प्रदेशमा प्राङ्गारिक खेतीका लागि ५२ करोड रकम विनियोजन