काठमाडौँ- गत साल प्रदर्शनमा आएको फिल्म ‘रोज’ व्यापार रुपमा सफल भएन । तर फिल्ममा समावेश ‘फूल हैन’ गीतलाई अत्यन्तै मन पराइएको छ । फिल्ममा प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको छ ।
एलिश कार्कीको संगीत रहेको उक्त गीतमा तीन करोड भन्दा भ्युज रहेको छ ।कुनै पनि नेपाली फिल्मको रोमान्टिक गीतलाई युटुवमा तीन करोड भन्दा बढी पटक हेरिएको ‘फूल हैन’ गीत पहिलो हो ।
राजेश कुमार श्रेष्ठको शब्द रहेको रोजको यो गीतलाई युवा पिंडीले रुचाइरहेका छन् । नायक प्रदीप खड्का र मिरुना मगरको रोमान्टिक जोडीलाई प्रस्तुत भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । फिल्मलाई निरुक पौडेल निर्देशन गरका हुन् । फिल्म सफल हुन सकेन ।
Comments
0 comments