सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा अविरल वर्षापछि आएको बाढीले बगाउँदा तीनजना बेपत्ता भएका छन् । बाढीले शिवश्री हाइड्रोपावरमा काम गर्दै आएका इटहरीका यादवप्रसाद काफ्ले र बाराका रामअवतार चौधरीलाई बगाएको प्रहरीले जनाएको छ ।
यस्तै, जुगल गाउँपालिकामा आएको बाढीले गाउँघर उज्यालो सानो घट्टे खोला हाइड्रोपावर प्रालिमा कार्यरत सिभिल इन्जिनियर मुक्ति सिवाकोटीलाई पनि बाढीले बगाएको बताइएको छ ।उनीहरुको बिहानैदेखि खोजी कार्य सुरु गरिएको बतायउको छ ।
Comments
0 comments