एन.आर.एन अमेरिकाको साधारण सभामा तरुण दल अध्यक्ष बस्नेतको कडा भाषण, केपी ओलीलाई खबरदारी

नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेत यति बेला अमेरिका भ्रमणमा रहेका छन् । जुलाई ६ र ७ तारिखमा अमेरिकाको सिकागोमा भईरहेको एन आर एन अमेरिकाको आठौ साधारण सभामा भाग लिन उनि नेपालबाट अमेरिका ४ तारिखमा प्रस्थान गरेका थिए । पहिलो दिनको कार्यक्रममा अध्यक्ष बस्नेतले आफ्नो केहि कडा मन्तब्य प्रस्तुत गरेका छन् ।

उनले नया कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै अब एन आर एन अमेरिकाले गर्नुपर्ने काम र जिम्मेवारीमा केहि प्रकाश पारेका थिए । उनले नेपालमा लगानी गर्नको लागि पाईला चाल्नु पर्ने र देश विकासमा योगदान दिनु पर्ने बताए । यस्तै उनले देशको अहिलेको समस्या र केपी ओली कम्युनिष्ट अधिनायकवादी सरकारले नेपालमा मच्चाईरहेको आतंकको भण्डाफोर समेत गरेका छन् ।

यस्तै उनले निर्मला पन्त हत्याकाण्ड, बालुवाटार जग्गा काण्ड र मेलम्ची खानेपानी भ्रष्टाचार प्रकरण लगायतको बिषयमा प्रष्ट पार्दै बोलेका थिए । यस्ता किसिमको अन्यायको बिरुद्धमा र कम्युनिष्ट सरकारको अधिनायकवादी गतिबिधिको बिरुद्धमा नेपाल तरुण दल सधै अगाडी आउने र जनताको हक अधिकार दिलाएर छाड्ने समेत बताएका छन् । उनले नेपाल तरुण दल सधैब एन आर एन अमेरिकाको साथमा रहेको भन्दै एन आर एन अमेरिकाले पनि तरुण दललाई साथ दिनु पर्ने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

टिमुरका बिरुवा बेचेर वार्षिक २० लाख आम्दानी

पुख्र्यौली पेशा छाडेर नदी बगरमा तरकारी खेतीमा आकर्षित हुँदै बोटे समुदाय,दैनिक तीन हजार आम्दानी