छौँडा भन्ने सल्लाहकार रिमालको संगतकै कारण केपी ओली असफल हुँदै गए भन्नेहरु को हुन् ?

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल यति बेला सामाजिक संजालमा आलोचनाका केन्द्र बनिरहेका छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई बौद्धिक ब्यक्तित्वका रुपमा हेरिँदै आइएको भए पनि उनी पछिल्लो समय निकै आलोचित पात्रका रुपमा चिनिन थालेका छन् ।

प्रधानमन्त्रीका सल्लाहकार जस्तो गरिमा बोकेको ब्यक्तिले समाजिक संजालमा छौँडा भन्ने शब्द सामाजिक संजालमा प्रयोग गरेसँगै उनी अहिले चौतर्फी आलोचित बनिरहेका छन् । रिमालले ट्वीटरमा उनले लेखेका छन्,”भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन् कसैले छोड्छन्, दु: ख दिन्छन् !

यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेकारु” सरकारले गरेका पछिल्ला निर्णयहरुको सर्वत्र विरोध भैरहेको प्रति लक्षित गर्दै उनले असभ्य भाषामा यस्तो ट्विट गरेसँगै उनको ट्विट अहिले भाइरल बनिरहेको छ । प्रमुख राजनीतिक सल्लाहकार रिमालको संगतकै कारण केपी ओली असफल हुँदै गएको टिप्पणी गर्दै सामाजिक संजालका प्रयोगकर्ताले उनलाई सुध्रिन र आफ्नो पदीय मर्यादको दुरुपयोग नर्गन समेत सुझाएका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

ओली सरकारः हचुवाकै भरमा घोषण, अनि ब्याक गियर!

बाँदर आतङ्क: मकै बारीमा शङ्ख फुके पनि जोगिएनन् मकै