पथरी- नेपालका चर्चित कलाकार तथा प्रदेश न. १ का सामाजीक सद्धभाबना दुत सिताराम कट्टेल ‘धुर्मुस’ले गाउटोल बाटै सरसफाई अभियान अगाडी बडाउनु पर्ने बताएका छन् । मोरङको पथरीमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अभियानको औपचारिक उद्घाटन अघि कट्टेलकै नेतृत्वमा बजार सरसफाईको कार्यक्रम समेत भएको थियो । अभियानका सद्भावना दुत कट्टेलले सर्वप्रथम मानसिक फोहोरलाई सफाई गर्नु पर्ने भन्दै त्यसपश्चात वातावरणिय फोहोर स्वत: हटेर जाने बताए । हास्यकलाकारको रुपमा परिचित धुर्मुसले व्याङ्ग्यत्मक शैलीमा जिल्ला र प्रदेशलाई नै खुला दिशामुक्त बनाउन सवै लाग्नु पर्ने टिप्पणी गरे । बजारिय खानेकुरा ( जंक फुड) लाई आफुबाट टाढै राख्नु पर्ने बताएका कट्टेलले स्वास्थ जीवन सरकारको अभियान नभै सम्पुर्ण नेपालीको अभियान बन्नु पर्नेमा जोड दिए । हास्दा हास्दै उनी बिगतलाई सम्झेर भाबुक समेत बनेका थिए ।
हास्दा हास्दै भाबुक बने धुर्मुस’भिडियो’:
Comments
0 comments