काठमाडौंमा सर्वाधिक ७२ मिलिमिटर वर्षा, बाढीको खतरा रहेका सर्तक रहन आग्रह

काठमाडौँ – काठमाडौँ उपत्यकामा बाढीको खतरा छ । वाग्मती नदीको जलाधार क्षेत्रमा समेत बहाव बढ्ने र काठमाडौँ उपत्यका क्षेत्रमा शाखा नदीहरुले साँझपछि सतर्कता तह पार समेत गर्न सक्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएकोे छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्र सर्वाधिक ७२ मिलिमिटर वर्षा भएको छ । मनसुन सकृय भएसँगै देशैभरका प्राय नदीनालाहरु बढ्दो क्रममा रहने पनि महाशाखाले जनाएको छ ।

त्रिशुली, बुढीगण्डकी, कोशी, मस्र्याङदी, सेती, दुधकोशी, सुनकोशी, तामाकोशी, कालीगण्डकी र कर्णालीमा आज मध्यान्हपछि भोलिसम्म सबै नदीहरुमा बहाव बढ्ने सतर्कता अपानाउन महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

यस्ता तस्विर शेयर गरेपछि चर्चामा आइन नायिका प्रिति जेन्टा, हेर्नुहोस् तस्विरहरु

कांग्रेसमा गुटगत चहलपहल तिब्र, देउबाले बोलाउँदा पौडेले बूढानिलकण्ठ गएनन्