काठमाडौँ- आज सुनको मूल्य पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको भाउ रु ५०० घटेको हो ।
शुक्रबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार घटेर ६४ हजार ५०० मा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन ६४ हजार २०० कारोबार भएको छ। त्यस्ते आज चाँदकिो मूल्य पनि घटेको छ । चाँदी आइतबार तोलामा रु ७२० मा कारोबार भएको छ । । यसअघि चाँदी तोलामा ७३० मा कारोबार भएको थियो ।
Comments
0 comments