काठमाण्डौ – आज आइतबार नेपाली बजारमा नेपाल राष्ट्र बैंकले तोकेको बिनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १०९ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा तोकिएको छ ।
आज मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रीदर २६ रुपैयाँ ५५ पैसा रहेको छ ।त्यसैगरी आज साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रीदर २९ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै कुवेती दिनार एकको खरिददर ३५९ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्रीदर ३६१ रुपैयाँ रहेको छ ।कतारी रियाल १ को खरिददर २९ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रीदर ३० रुपैयाँ १४ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २८९ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर २९१ रुपैयाँ १९ पैसा रहेको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ३८ पैसा रहेको छ ।यूएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रीदर २९ रुपैयाँ ८९ पैसा रहेको छ ।
Comments
0 comments