शंका लागेर भारतीय मोटरसाइकल चेक गर्दा झस्कियो प्रहरी

सिरहा – सिरहा जिल्लाको सिरहा नगरपालिका १७ स्थित केटेरुवा कमलाधारबाट असार २० गते एपीएफ टोलीले करीब ५ के.जी. ४ सय ५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको जिल्ला मधुवनी कोलुआई बलुवा घर बताउने २८ वर्षिय सत्रुधन सिंह छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले उक्त गाँजासहित पक्राउ गरेको हो ।

भारतीय नम्बर प्लेटको बी आर ०१ बी एक्स ४२४९ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागि जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका निज सिंहलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

भ्रष्टाचार र महँगीलगायतका विषयमा ओली सरकार ईतिहासमै बढी चुकेको छ

दैनिक अस्ट्रिच फार्ममा अस्ट्रिच हेर्न घुइँचो लाग्न थालेपछि फस्टाउँदै घरबास