काँग्रेसका यि नेताले भने प्रधानमन्त्री ओलीलाई पाँच वर्ष नै सरकार चलाउन दिनुपर्छ उनको विकल्प खोज्न हुन्न

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरुले पार्टीको भोलिबाट सुरु हुने केन्द्रिय कार्यसमिति बैठकमा मुलुकका जल्दाबल्दा विषय र सरकारका गलत क्रियाकलापका बारेमा केन्द्रित रहेर छलफल हुने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले कांग्रेस केन्द्रिय कार्यसमिति बैठकको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् ।

केन्द्रिय सदस्य सदस्य श्याम घिमिरेले वर्तमान सरकारलाई पाँच वर्ष नै चलाउन दिनुपर्ने धारणा राखे । उनले अहिले प्रधानमन्त्री ओलीको विकल्प खोज्न नहुने स्पष्ट पारे । उनले भने,‘यो सरकार पाँच वर्षको लागि हो । त्यसैले यसले पूरा अवधि सरकार चलाउन पाउनुपर्छ । हामी स्थिरताको पक्षमा छौं । हामी प्रधानमन्त्रीमा केपी ओलीलाई नै निरन्तरता चाहन्छौं ।’घिमिरेले आफ्ना पार्टी सभापति शेरबहादुर देउवाले पनि सरकार ढाल्छौं नै भनेर अभिव्यक्ति नदिएको जिकिर गरे । उनले भने,‘उहाँलेपनि सरकारले गरेका नराम्रा कामको विरोध गर्नुभएको हो ।

तर, सरकार नै ढाल्छु भनेर अभिव्यक्ति दिएजस्तो मलाई लाग्दैन् ।’उनले भोलिबाट सुरु हुने कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा गम्भिर र महत्वपूर्ण विषयमा छलफल हुने विश्वास दिलाए । उनले भने,‘सम्भवतः भोलिबाट सुरु हुने केन्द्रिय कार्यसमिति बैठक केही दिन लामो चल्छ, र यो टर्निङ प्वाईन्ट हुनेछ । कांग्रेस अहिले नयाँ बाटोमा अघि बढ्दैछ ।

अब पार्टीभित्रका नयाँ संरचनाले पूर्णता पाउँदैछन् ।’त्यस्तै उनले अब महाधिवेशनको प्रक्रिया पनि सुरु हुने जनाए । उनले भने,‘महाधिवेशनको लागि सदस्यता वितरणको काम जो छ, अब अघि बढ्छ ।’ यसपटकको बैठकमा धर्मको विषयमा प्रवेश नै नगर्ने जिकिर गरे । उनले भने,‘हामी धर्मसापेक्ष नीतिअनुसार अघि बढ्छौं । यसपालिको बैठकमा धर्मको विषयले प्रवेश पाउँदैन् । तपाईहरु ढुक्क हुनुहोस् ।’

पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडलमात्रै नभएर यसपटकको बैठकपछि सबै नेतृत्वमा बसेका नेताहरुबीच एकता हुने पनि उनले विश्वास दिलाए । उनले भने,‘पार्टीका कार्यक्रम, नीति र एजेण्डा सबैमा एकमत हुन्छ ।’ सभापति देउवापनि महाधिवेशन समयमै गर्नुपर्नेबारे प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

‘प्रधानमन्त्री ओली हाँस्यस्पद पात्र बन्नुभयो, विहान उठ्दा देशभक्ती र बेलुका भयो कि दिल्लीभक्तिको कुरा गर्नुहुन्छ’

साठी वर्ष पुरानो कुवाको भरमा मैदेका ६२ स्थानीयवासी